सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुला जिप दुर्घटना अपडेटः थप एकसहित सात जनाको मृत्यु, ६ जनाको अवस्था गम्भीर

२०८१ कार्तिक ३०, ०८:०९ खबर संवाददाता

दार्चुलाः दार्चुलामा जिप दुर्घटना हुँदा थप एकसहित सात जनाको घटनास्थलमा नै मृत्यु भएको छ भने अन्य ६ जना गम्भीर घाइते भएका छन्। 

दार्चुलाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार दार्चुलाको शैल्यशिखर नगरपालिका–५ लेकगाउँका ३० वर्षीय वीरेन्द्र रावल, सोही ठाउँका २८ वर्षीय शान्ति रावल, शैल्यशिखर–९ नकतडका ४५ वर्षीय दिलीप विष्ट, बैतडीको डिलाशैनी–५ का १५ वर्षीय सञ्जीव बोहरा र भारतको उत्तर प्रदेश विजनौर जिल्लाका ४५ वर्षीय मोहमद सफिर र सोही जिल्लाका १८ वर्षीय मोहमद बसिमको मृत्यु भएको हो।

मृतक मध्ये एकजनाको परिचय अहिलेसम्म नखुलेकोे प्रहरी नायब उपरीक्षक दाहालले जानकारी दिए। मालिकार्जुन मन्दिरको जात्रा हेरेर फर्किएका दर्शनार्थी चढेको म १ ज ३३८ नम्बरको जिप मालिकार्जुनबाट गोकुलेश्वरतर्फ आइरहेको बेला शुक्रवार बिहान ४ बजे महाकाली लोकमार्ग अन्तर्गत शैल्यशिखर नगरपालिका–६ बजानीमा दुर्घटना भएको हो। घाइते सबैको गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। 

कमेन्ट लोड गर्नुस