सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मूल्य तोलामा दुई हजार दुई सयले घट्यो

२०८१ कार्तिक २९, ११:५६ खबर संवाददाता

काठमाडौंः स्थानीय बजारमा आज सुनको मूल्य तोलामा दुई हजार दुई सयले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला एक लाख ६२ हजार दुई सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ६० हजार निर्धारण भएको छ। यस्तै चाँदीको मूल्य तोलामा ३५ ले घटेको छ। बुधर प्रतितोला एक हजार नौ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार नौ सय पाँच निर्धारण भएको महासङ्घले जनाएको छ। 

कमेन्ट लोड गर्नुस