सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा सांगितिक महोत्वस सम्पन्न

२०७६ असार ८, ०७:२८ रोशन भट्ट

कला संस्कृतीलाई उजाकर गर्नको लागि धनगढीमा आयोजना गरिएको सांगितिक महोत्वस सम्पन्न भएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजना र सुप ईन्टरटेन्मेन्ट हाउसको सहकार्यमा आयोजना भएको सांगीतीक महोत्सव सम्पन्न भएको हो। २ दिन सम्म चलेको महोत्सवमा पहिलो दिन सांगीतीक कार्यक्तमको आयोजना गरिएको थियो भने दोश्रो दिन विचार गोष्ठी र अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको नेपाल संगित तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका सदस्य तथा संगित विभाव प्रमुख असोक राईले जानकारी दिए। 

देशभरीका नया तथा पुराना कलाकारहरुको सहभागिता रहेको सांगितिक महोत्सवले एक अर्काको क्षेत्रको संस्कृतीलाई नजिकबाट चिन्ने मौका जुराएको उनले दावी गरे। सातै प्रदेशका कलाकारलाई धनगढीमा जम्मा गराई जनचेतना मुलक गितहरु प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको महोत्सवले कला साहित्यको क्षेत्रलाई अगाडी बढाउनको लागि टेवा पुग्ने विश्वस संगित महोत्सवको सहकार्य गरेको सुदूरपश्चिम ईन्टरटेन्टमेन्टका अध्यक्ष अनुप सिहं ठकुरीले गरे। तर महोत्सवमा राजनीति छिरेका कारण प्रभावकारी नभएको गुनासो समेत विभिन्न क्षेत्रबाट आएको छ। 
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस