बैतडीमा भिरबाट लडेर एक महिला घाइते
२०८१ कार्तिक २७, ०५:४३
बैतडीः बैतडीमा भिरबाट लडेर एक महिला घाइते भएकी छन्।
जिल्लाको मेलौली नगरपालिका–४ की ३० वर्षीया निर्मला चन्द घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। चन्द भिरमा खर काट्नेक्रममा लडेर घाइते भएकी हुन्। उनलाई उपचारका लागि धनगढी पठाएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस