भीमदत्तमा माओवादी केन्द्रबाट वडाअध्यक्षको उम्मेदवारमा कोली
कञ्चनपुरः कञ्चनपुरको भीमदत्त नगरपालिका–६ मा मंसिर १६ गते हुने उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नानाराम कोलीलाई उम्मेदवार बनाएको छ।
नेकपा माओवादी केन्द्र कञ्चनपुरको बैठकले आइतवार कोलीलाई उपनिर्वाचनमा वडाअध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय गरेको हो। माओवादी केन्द्रको वडा कमिटीबाट वडा अध्यक्षका लागि कोली सहित ६ जनाको नाम सिफारिश गरिएको थियो।
कोलीको नाम एक नम्बरमा सिफारिश गरिएको थियो। माओवादी केन्द्रको भीमदत्त नगर कमिटीका प्रवक्ता सुरेश भट्टले वडाबाट सिफारिश भएर आएका आकाँक्षीमध्ये कोलीलाई ज्येष्ठताका आधारमा उम्मेदवार बनाउने निर्णय गरिएको बताए। उप निर्वाचनका लागि मंसिर २ गते उम्मेदवारी दर्ता कार्यक्रम राखिएको छ।