सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको राजस्थान सरकारले पशुपतिनाथ दर्शन गर्न आउने नागरिकको सबै खर्च बेहोर्ने

। फोटो स्रोत ।
२०७६ असार ७, ०१:१०

भारतको राजस्थान प्रदेश सरकारले पशुपतिनाथ दर्शन गर्न आउने  नागरिको सबै खर्च व्यहोर्ने भएको छ। पशुपतिनाथ दर्शन गर्न आउने  ज्येष्ठ नागरिकको सबै खर्च व्यहोर्ने निर्णय गरेको हो। राजस्थान सरकारअन्तर्गत पर्यटन तथा तथा देवस्थान मन्त्रालयले ६५ वर्ष र त्योभन्दा माथि उमेरका नागरिकका लागि उक्त सुविधा दिने घोषणा गरेको हो। बिहीबार सरकारले ज्येष्ठ नागरिक तीर्थाटन योजनालाई संशोधन गर्दै पशुपतिनाथ दर्शन गर्न आउने का लागि पनि त्यस्तो सुविधा दिने निर्णय गरेको प्रदेशका पर्यटन तथा देवस्थानमन्त्री विशवेन्द्र सिंहले बताए। ‘हिन्दुहरूको महान् तीर्थस्थलमध्येको एक पशुपतिनाथ भएकाले सो निर्णय गरिएको उनले बताए।

राजस्थान सरकारले विगत केही वर्षयता ज्येष्ठ नागरिकको तीर्थाटनका लागि विभिन्न तीर्थस्थलसम्म निश्चित संख्याका लागि सबै खर्च व्यहोर्दै आएको छ। उक्त सूचीमा भारत बाहिरको पहिलो गन्तव्यका रूपमा पशुपतिनाथलाई समेत समावेश गरिएको हो। पछिल्लो निर्णयअनुसार अब काठमाडौंको पशुपतिनाथ मन्दिर दर्शन गर्न जाँदा लाग्ने दुईतर्फी हवाई भाडासहितको सम्पूर्ण खर्च राजस्थान सरकारले व्यहोर्नेछ। यसअघि भारतभित्रैका ६ वटा तीर्थस्थलका लागि यस्तो व्यवस्था थियो।

हवाईमार्ग हुँदै काठमाडौं जाँदा र त्यहाँ बस्दा लाग्ने सबै खर्च सरकारले व्यहोर्ने मन्त्री सिंहले बताए। उनका अनुसार ‘यो सुविधा सर्वसाधारणसँगै सेवानिवृत्त सैनिक, कर्मचारी र प्रहरीले समेत पाउनेछन’ ‘आफ्नो खर्चमा तीर्थ जान नसक्नेका लागि यो योजना हो।’ पछिल्लो निर्णयसँगै अशोक गहलोत नेतृत्वको राजस्थान सरकारको खर्चमा सेवानिवृत्त कर्मचारी, ज्येष्ठ नागरिकहरू हवाईमार्गबाट विभिन्न नौवटा र रेलबाट विभिन्न आठवटा तीर्थस्थल भ्रमण गर्ने पाउने भएका छन।

यसअघि हवाईमार्ग र रेलमार्गबाट ६र६ वटा तीर्थस्थलका लागि त्यस्तो सुविधा उपलब्ध थियो। वार्षिक दस हजार ज्येष्ठ नागरिकलाई तीर्थाटन गराउने उद्देश्यसहित यो व्यवस्था गरिएको बताइएको छ। समध्ये पाँच हजारले हवाईमार्ग र पाँच हजारले रेलबाट यात्रा गर्नेछन। त्यसैगरी राज्य सरकारले यस वर्षदेखि ज्येष्ठ नागरिकको उमेर सीमा पनि घटाएको छ । यसअघिको ७० वर्षलाई घटाएर ६५ वर्षमा झारिएको छ। तीर्थाटनमा जान इच्छुक हुनेले आगामी ५ जुलाईभित्र आवेदन दिनुपर्नेछ।

अन्य गन्तव्यको तुलनामा पशुपतिका लागि सबैभन्दा बढी सोधपुछ गरिएको मन्त्री सिंहले जानकारी दिए। उनले भने, ‘पशुपतिनाथको ठूलो नाम भएर होला, त्यहाँ जानका लागि सबभन्दा बढी चासो देखिएको छ । 

यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा पशुपतिनाथ, जानकी मन्दिर र मुक्तिनाथको भ्रमण गरेकाले भारतीय हिन्दु धर्मावलम्बीमा यी तीन ठाउँमा तीर्थ गर्न आकर्षण बढेको छ।
 

कमेन्ट लोड गर्नुस