सुदूर नेपाललाई विश्वसँग जोड्दै

हास्य अभिनेता दमन रुपाखेतीलाई मातृशोक

फाइल फोटो
फाइल फोटो
२०८१ कार्तिक २३, ०८:२४ खबर संवाददाता

काठमाडौंः लोकप्रिय हास्य अभिनेता तथा निर्देशक दमन रुपाखेतीलाई मातृशोक परेको छ। रुपाखेतीकी माता ज्ञानुमाया रुपाखेतीको बिहीवार दिउँसो उपचारकै क्रममा पाटन अस्पतालमा निधन भएको हो।

८३ वर्षीया ज्ञानुमायाका चार जना छोराहरु छन्। दमन रुपाखेती उनका साइँला छोरा हुन्। ज्ञानुमायाकी छोरीको निधन भइसकेको छ भने उनले दुई वर्ष अघिमात्र श्रीमानलाई गुमाएकी थिइन्। बिहीवार उनको पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
 

कमेन्ट लोड गर्नुस