सुदूर नेपाललाई विश्वसँग जोड्दै

नरेश श्रेष्ठ स्मृति क्रिकेट : सुदूरपश्चिम फाइनलमा प्रवेश 

२०८१ कार्तिक १९, १०:१७ खबर संवाददाता

विराटनगर : सुदूरपश्चिम प्रदेश मोरङको विराटनगरमा जारी नरेश श्रेष्ठ स्मृति वाईवाई पुरुष यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। हिजो भएको लिग चरणको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पराजित गरेसँगै उसले उपाधि भिडन्त पक्का गरेको हो।  

प्रतियोगिताअन्तर्गत पाँच खेल खेलेको सुदूरपश्चिमले चार  खेलमा विजयी हुँदै आठ अङ्क जोडेको छ। सुदूरपश्चिम लिग चरणको एक खेल अगावै फाइनलमा पुग्न सफल भएको छ। सुदूरपश्चिमले अब उपाधिका लागि बुधबार लुम्बिनी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ। सुदूरपश्चिमले लिग चरणको अन्तिम खेल भने कोशी प्रदेशसँग खेल्ने छ।

विराटनगरको मेर्लिबोन ज्वाला क्रिकेट मैदानमा शनिवार भएको खेलमा सुदूरपश्चिमले बागमती प्रदेशलाई पाँच विकेटले पराजित गरेको हो। टस जितेर पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ५० ओभरको खेलमा ४१ ओभर खेल्दै सबै विकेट गुमाएर एक सय २९ रन बनायो। 

बागमतीका लागि रोशन विश्वकर्माले अविजित ५६ रन बनाए। यस्तै उत्तम मगरले २६ तथा सार्थक धितालले ११  रन बनाए। बलिङतर्फ सुदूरपश्चिम यूवराज खत्रीले सर्वाधिक पाँच विकेट लिए । उनी खेलको प्लेयर अफ दी म्याच घोषित भए। 
एक सय ३० रनको विजयी लक्ष्य सुदूरपश्चिमले २८ दशमलव पाँच ओभरमा पाँच विकेट गुमाउँदै पूरा ग¥यो। सुदूरपश्चिमका लागि प्रकाश पाण्डेले अविजित ५२ रन बनाए। यस्तै नरेन भट्टले ३८, अभिषेक थापाले १४ तथा दिपक रोकायाले अविजित १२ रनको योगदान दिए। बलिङतर्फ बागमतीका दिपक सेरलाले दुई विकेट लिए । 

कमेन्ट लोड गर्नुस