सुदूर नेपाललाई विश्वसँग जोड्दै

कश्मीरमा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त

२०८१ कार्तिक १७, ०९:३३ खबर संवाददाता

एजेन्सिः कश्मीरमा पछिल्लो ३६ घण्टामा सुरक्षा बल र आतंककारीबीच तीनवटा भिडन्त भएको छ। जसमा चार सैनिक घाइते भएका छन्। अन्य तीन आतंककारी मारिएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, श्रीनगरको खानयारको एउटा घरमा दुईदेखि तीन आतंककारी लुकेका थिए।

सेनाले घरमा बमबारी गरेको छ। जसमा एक आतंकवादी मारिएका छन्। घटनास्थलबाट आतंककारीको शव र गोलाबारुद बरामद गरिएको छ। श्रीनगरमा दुई सीआरपीएफ जवान र दुई प्रहरी पनि घाइते भएका छन्। १५ सेप्टेम्बर २०२२ पछि यो पहिलो आतंकवादी घटना हो।

त्यसपछि भिडन्तमा दुई आतंकवादी मारिएका थिए। शनिवार अनन्तनागमा भएको भिडन्तमा सुरक्षा बलले दुई आतंककारीलाई मारेको थियो। शनिवार बिहान साङ्गुस लार्नुको जंगलमा सुरक्षा बल र आतंककारीबीच भिडन्त सुरु भएको थियो।
 

कमेन्ट लोड गर्नुस