सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा बौलाहा कुकुरले १० जनालाई टोक्यो

। फोटो स्रोत ।
२०८१ कार्तिक १७, ०५:३२ खबर संवाददाता

बैतडीः बैतडीमा बौलाहा कुकुरले १० जनालाई टोकेको छ। जिल्लाको डिलाशैनी गाउँपालिका–१ डोरेपानी र रामलामा बौलाहा कुकुरले १० जनालाई टोकेको हो।

बौलाहा कुकुरको टोकाइबाट वडा नंम्बर–१ डोरेपानीका लीला राना, महेश राना, खुइले राना, लक्ष्मी राना, रमेश राना, माहादेव राना र नारायण राना घाइते भएका छन्। यस्तै रामलाका भानदेव भट्ट पनि कुकुरको टोकाइबाट घाइते भएका छन्।

रमेश र नारायणलाई बौलाहा कुकुरले आज बिहान टोकेको र अन्य दुुई जनाको नाम थाहा नभएको वडा अध्यक्ष कृष्णकुमार धामीले बताए। यस्तै बौलाहा कुकुरले रामलाका स्थानीय जयानन्द भट्टका एक खसी र एक बाख्रालाई समेत टोकेको छ।

बौलाहा कुकुरलाई स्थानीयहरुले घेरा हालेर मारिदिएका छन्। बौलाहा कुकुरको टोकाइबाट घाइते भएका सात जनामध्ये पाँच जनाले गोकुलेश्वर अस्पतालमा गएर रेबिजविरुद्धको खोप लगाएका छन्। दुईजनाले खोप लगाउन बाँकी रहेको बताइएको छ। 

कमेन्ट लोड गर्नुस