सुदूर नेपाललाई विश्वसँग जोड्दै

वनबासा नाकामा सहज गर्न उत्तराखण्डका मुख्यमन्त्री धामीको निर्देशन

२०८१ कार्तिक १७, ०३:४० खबर संवाददाता

धनगढी : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले सीमानाकामा सहजताका लागि उत्तराखण्ड सरकार प्रतिबद्ध रहेको बताएका छन्। हिजो वनबासस्थित एक कार्यक्रममा सहभागी मुख्यमन्त्री धामीले पत्रकार टेकसिंह धामीसँग कुरा गर्दै सो कुरा बताएका हुन्।

पछिल्लो समय नेपालको सुदूरपश्चिम जोडिएको भारतका सीमानाका र विशेषगरी बनबासामा भारतीय सुरक्षाकर्मी एवं एसएसबीले सास्ती दिने गरेको विषयमा पत्रकार धामीले सीएम धामीसँग जिज्ञासा राखेको थियो। सो सन्दर्भमा धामीले दुई देशका सीमा नाकामा सहजता प्रदान गर्नका लागि सुरक्षा निकायका प्रमुखहरुलाइउ निर्देशन दिएको पनि बताए।

यस्तै उनले तत्काल नै बनबासाका एसएसबी प्रमुखलाई पनि नेपालको सशस्त्र प्रहरीसँग समन्वय गरेर सीमा नाकाको आवागमनमा सहजता प्रदान गर्न निर्देशन दिए।

त्यस्तै धामीले अर्को प्रसङ्गमा भने आफूलाई नेपालबाट निमन्त्रणा आए चाडैँ पशुपतिनाथको दर्शन एवं भ्रमणमा आउने पनि जनाए। नेपाल भ्रमण तथा पशुपतिनाथ दर्शनको चाजोपाजो चाडैँ मिलाइने उनको भनाई छ।

 

कमेन्ट लोड गर्नुस