सुदूर नेपाललाई विश्वसँग जोड्दै

भीमदत्त–६ को वडाअध्यक्षका लागि कांग्रेसबाट प्रकाश उम्मेदवार

२०८१ कार्तिक १४, ०१:२५ खबर संवाददाता

कञ्चनपुरः आगामी मंसिर १६ गते कञ्चनपुरको भीमदत्त नगरपालिका–६ को वडाध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेसले वडाध्यक्षका लागि कांग्रेस कञ्चनपुरका नेता प्रकाशबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशवबहादुर चन्दले वडासभापतिसमेत रहेका चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए।

वडाबाट सिफारिस भएर आएका उम्मेदवारमध्ये अहिले प्रकाशबहादुर चन्दलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए। २०७९ मा सम्पन्न भएको दोस्रो स्थानीय तह निर्वाचनमा कांग्रेसबाटै निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको गत वर्ष मृत्यु भएसँगै निर्वाचन आयोगले रिक्त स्थानमा उपनिर्वाचन गर्न लागेको छ।
 

कमेन्ट लोड गर्नुस