सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैरकानुनी रुपमा करार सम्झौता नगर्न म्यानपावरलाई साउदी दूतावासको आग्रह

। फोटो स्रोत ।
२०७६ असार ५, ०४:४६

साउदीमा रहेको नेपाली दूतावासले प्रमाणीकरण भएका मागपत्र प्रतिकूल हुनेगरी गैरकानूनी रुपमा करार सम्झौता नगर्न सबै म्यानपावर कम्पनीलाईे आग्रह गरेको छ। दूतावासले संकलन गरेको पछिल्लो तथ्याँकले व्यवसायीबीचको अस्वस्थ्य प्रतिष्पर्धाका कारण कामदारको न्यूनतम पारिश्रमिक पनि नपाउने अवस्थामा पर्ने भन्दै गैरकानूनी रुपमा करार सम्झौता नगर्न आग्रह गरेको हो।

गते वर्ष २०७५ असोज १९ गतेदेखि सरकारले साउदी जाने कामदारको न्यूनतम पारिश्रमिक एक हजार रियाल र ३ सय खानाका लागि तोकेकाले रोजगारदाता वा कामदार आपूर्तिकर्ताहरुसँग सम्झौता गर्दा यो सुविधा नभएसम्म सम्झौता नगर्न पनि व्यवसायीलाई दूतावासले सुझाव दिएको हो। 

यस्तै साउदी जाने तयारी गरिरहेका कामदारलाई बुझेर मात्र जान समेत दूतावासले आग्रह गरेको छ। पछिल्लो समय नेपालका इजाजत पत्र म्यानपावर व्यवसायीले नै गैरकानुनी रुपमा छुट्टै सम्झौता गरेर कामदार पठाउने गरेको भन्दै दूतावासले सबैलाई सचेत हुन आग्रह गरेको हो।

सरकारले निर्धारण गरेको न्यूनतम पारिश्रमिक र खाना सुविधा रकम भन्दा कम हुने गरी गैरकानुनी हिसाबमा कुनै छुट्टै सम्झौता गरेर कामदार साउदी  जाँदा त्यही दिनदेखि समस्यामा पर्ने र समस्यामा परेकाहरुको उद्दार तथा समस्या समाधान गर्न अत्यन्त कठिन हुने दूतावासले जनाएको छ। 

पछिल्लो समयमा साउदी सरकारले खाद्यान्न लगायत विभिन्न शीर्षकमा मूल्य अभिवृद्धि कर लगाएको छ। त्यो सँगै बजार भाउ पनि आकाशिएकाले थारै कमाइमा सँगै बजारभाउ पनि बढेकाले थोरै तलबमा साउदी जाँदा समस्या हुनसक्ने भन्दै दूतावासले सचेत हुन आग्रह गरेको छ। 

कमेन्ट लोड गर्नुस