सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरी नगरपालिकाले अनुदानमा गहुँको बीउ वितरण गर्ने

२०८१ कार्तिक ८, ०४:२७ खबर संवाददाता

धनगढीः कैलाली जिल्लाको गोदावरी नगरपालिकाले अनुदानमा गहुँको बीउ वितरण गर्ने भएको छ। नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा गहुँको बिउ वितरण गर्न लागेको हो।

नगरपालिकाले बिहीवार एक सूचना जारी गर्दै गहुँको बीउ लिन चाहले किसानलाई कार्तिक १४ गते भित्र नगरपालिका कार्यालयमा निवेदन दिन आग्रह गरेको छ। प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टद्वारा जारी सूचनामा बीउ लिन कृषक समूह हुने पर्ने उल्लेख गरिएको छ।

कमेन्ट लोड गर्नुस