सुदूर नेपाललाई विश्वसँग जोड्दै

पोखरामा रास्वपाले आज पनि प्रदर्शन गर्ने

२०८१ कार्तिक ७, ११:४८

काठमाडौँः राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले आज पोखराको सृजना चोकमा विरोध प्रदर्शन गर्ने भएको छ।

पार्टी सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गरेर ल्याइएसँगै रास्वपाले पोखरामा विरोध प्रदर्शन गरिरहेको छ।

लामिछानेलाई शुक्रबार साँझ काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइको थियो। उनलाई आइतबार अदालत उपस्थित गराएर ६ दिनको म्याद थप भइ मंगलबारदेखि सरकारी वकिलसमक्ष बयान सुरु भएको छ। रास्वपाले शनिबारदेखि विरोध प्रदर्शन सुरु गरेको थियो।

 

 

कमेन्ट लोड गर्नुस