सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारले कात्तिक १४ भित्रै कर्मचारी सरूवा गरिसक्ने

२०८१ कार्तिक ५, ०४:२७ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश निजामती कर्मचारीको सरुवा कात्तिक १४ भित्रै गर्ने भएको छ। सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड २०८० लाई संशोधन गर्दै प्रदेश सरकारले कात्तिक १४ गतेभित्रै कर्मचारीको सरुवा गर्ने भएको हो।

संशोधित मापदण्डअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले कात्तिक १ गतेदेखि कात्तिक ७ गतेसम्म र मन्त्रालयहरुले कात्तिक ८ गतेदेखि कात्तिक १४ गतेसम्म सरुवा कर्मचारी गर्नुपर्ने व्यवस्था गरिएको छ।

सुदूरपश्चिम प्रदेश निजामती कर्मचारी सरुवा तथा काज सम्बन्धी मापदण्ड, २०८० अनुसार भने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रत्येक वर्षको साउन १ गतेदेखि साउन मसान्तसम्म प्रदेश निजामती कर्मचारीहरूको सरुवा गर्नुपर्ने व्यवस्था छ। यस्तै, मन्त्रालयहरूले प्रत्येक वर्षको भदौ १ गतेदेखि भदौ मसान्तसम्म सरूवा गर्नुपर्ने प्रावधान छ। तर, सरकार परिवर्तन पश्चात् बजेटसमेत ल्याउन ढिलाई गरेको प्रदेश सरकारले यो वर्षको हकमा प्रदेश निजामती कर्मचारीको सरुवा कात्तिकमा आएर गर्न लागेको हो।
 

कमेन्ट लोड गर्नुस