सुदूर नेपाललाई विश्वसँग जोड्दै

गुठी विधेयक नागरिक उड्डयन मन्त्रालय मातहत राख्न माग

। फोटो स्रोत ।
२०७६ असार ४, ०५:०४

गुठी विधेयक विरुद्धको संघर्ष समितिका संयोजक डा. महेशमान श्रेष्ठले गुठीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत राख्न सरकारसँग माग गरेका छन्।

बुधबार गुठियारहरुले काठमाण्डौको माइतीघर मण्डलामा आयोजना गरेको विशाल प्रर्दशन कार्यक्रममा बोल्दै उनले भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय अन्तरगत गुठीलाई राख्ने काम गरेकोमा पनि आक्रोश व्यक्त गर्दै सरकारले गुठी विधेयक खारेज नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने पनि स्पष्ट पारे। नेवार समुदायको गुठीको जग्गालाई कब्जामा लिने प्रयास सरकारले गरिरहेकाले त्यसको विरोधमा आन्दोलन गर्नु परेको उनले बताए।

कमेन्ट लोड गर्नुस