सुदूर नेपाललाई विश्वसँग जोड्दै

दल फुटाउन सरकारले अध्यादेश ल्याउन लागेको प्रतिपक्षीको आशंका

२०८१ कार्तिक २, ०१:३१ खबर संवाददाता

काठमाण्डौंः प्रतिपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्याउने तयारी गरेको आशंका गरेका छन्।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा उक्त विषयमा गम्भीर छलफलु भएको हो। बैठकमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर सरकारमै रहेका साना दलसमेत फुटाउन लागेको भन्ने आशंका आफूहरूलाई लागेको बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै श्रेष्ठले संसद् हुँदाहुँदै अध्यादेशबाट काम गर्ने नेचर उहाहरुको भएको बताए। पहिला पनि गरिसक्या भएर मुख्य रूपमा त्यही विषयमा बैठक बसेको उनले बताए। सरकारमा रहेका साना दल भने पनि कुन–कुन दल हुन् भन्नेबारे उनले केही भनेनन्। सरकारमा सहभागी भएका नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जसपाको संसद्‍मा सिट संख्या थोरै छ।

सत्ता पक्षमा भएकै साना दलहरू फुटाउने तयारीमा हो कि या हामी नयाँ दलहरूप्रति पनि उहाँहरूले केही कदम चाल्न लाको हो कि भन्ने गम्भीर आशंका रहेको उनको भनाई छ। यसै विषयमा प्रतिपक्षी दलहरूले सरकार, सभामुख र राष्ट्रपतिसमेतको ध्यानाकर्षण गराउने पनि उनले बताए।

कमेन्ट लोड गर्नुस