सुदूर नेपाललाई विश्वसँग जोड्दै

अरिङ्गालले टोकेर बाजुरामा एक जनाको मृत्यु

२०८१ असोज २७, ०३:३६ खबर संवाददाता

बाजुराः बाजुरामा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ। जिल्लाको बडीमालिका नगरपालिका–५ मा अरिङ्गालले टोकेर ६५ वर्षीय अंगे बडुवालको मृत्यु भएको हो।

साथै अरिङ्गालले टोकेर डम्म साउँद समेत घाइते भएको वडाअध्यक्ष धरमपाल मिजारले बताए। वडाअध्यक्ष मिजारका अनुसार अरिङ्गालले टोकेर घाइते भएका साउँदलाई बडीमालिका नगरपालिकाको समन्वयमा थप उपचारका लागि धनगढी रिफर गरिएको छ।

कमेन्ट लोड गर्नुस