सुदूर नेपाललाई विश्वसँग जोड्दै

चर्चित लोकगायक अर्जुन सापकोटाले कसे लगनगाँठो

२०८१ असोज २३, ०८:११ खबर संवाददाता

काठमाडौँः लोकगायक अर्जुन सापकोटाले लगनगाँठो कसेका छन्। बुधवार काठमाडौंमा आयोजित वैवाहिक समारोहमा उनले प्रेमिका दीपका सिंखडासम्म विवाह गरे।

गोंगबुको एक ब्यांक्वेटमा उनीहरुले विवाह गरेका हुन्। यी दुईबीच लामो समयदेखि प्रेम सम्बन्ध थियो। कलाकारिता क्षेत्रभन्दा बाहिरकी युवतीसँग सापकोटाले विवाह गरेका हुन्। सिंखडा बनस्थली निवासी हुन् भने सापकोटाको घर नवलपुर हो।

विवाह समारोहमा दुवैको परिवार, आफन्त र सीमित साथीभाइ सहभागी थिए। गायक अर्जुन सापकोटाका ‘पछ्यौरी लिसियो, ‘बनकी चरी, डाँडैको टुनी, पानी परेको, बस्यौ अलक्कै’ लगायत गीतहरू चर्चित छन्। उनी गायनसँगै मोडलिङ समेत गर्छन्।
 

कमेन्ट लोड गर्नुस