सुदूर नेपाललाई विश्वसँग जोड्दै

१८ वर्षको उमेरमै ८ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गर्ने निमा रिन्जी शेर्पा पहिलो

२०८१ असोज २३, ०५:५१ खबर संवाददाता

काठमाडौः नेपालका निमा रिन्जी शेर्पाले सबैभन्दा कान्छो उमेरमा आठ हजार मिटरभन्दा अग्ला सबै हिमाल आरोहण गरेका छन्।

१८ वर्ष पाँच महिनाको हुँदा आठ हजार मिटरभन्दा अग्ला १४ वटा सबै हिमाल आरोहण गरेको यो कीर्तिमान पर्वतारोहणको क्षेत्रमा दुर्लभ हो। आज बिहान आठ हजार २७ मिटर अग्लो शिशापाङ्मा हिमालको चुचुरोमा पुगेसँगै उनले १४ वटै हिमालको आरोहण पूरा गरेको पर्यटन विभागअन्तर्गत साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले जानकारी दिए।

शेर्पाले पहिलो पटक सन् २०२२ मा मनास्लु हिमाल आरोहण गरेका थिए। सङ्खुवासभाको मकालु क्षेत्रमा पर्ने शेर्पागाउँमा जन्मिएका निमा रिन्जी शेर्पाको बाल्यकाल काठमाण्डौमा बितेको हो। उनी फोर्टीन पीक्स एक्पिडिशनका प्रमुख कार्यकारी टासी लाक्पा शेर्पाको छोरा हुन्।
 

कमेन्ट लोड गर्नुस