सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरबाट १३ लाख बढीको भन्सार छलीका सामान बरामद

२०८१ असोज २३, ०८:०४ खबर संवाददाता

धनगढीः कैलाली र कञ्चनपुरबाट १३ लाख बढीको भन्सार छलीका सामान बरामद गरिएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोक, धनगढी उपमहानगरपालिका–७ बेली, टीकापुर नगरपालिका–९ पायल र गोदावरी नगरपालिका–१ महेन्द्रनगररोड गोदावरी पुल नजिकबाट २ लाख ७५ हजार ७९० मूल्य बराबरको सामान बरामद गरिएको हो।

भन्सार छली गरि ल्याएका सुपरपावर सुर्ति, पटाका, सिलाउने मेकानिकल पेनसिल, पर्दाको कपडा, लेमिनेसन कागज, जेल रिफिल र मेसिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता, बेलौरी नगरपालिका–२ टेडुवा र पुनर्वास नगरपालिका–६”ङ” गाँउबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी  १० लाख ४८ हजार ८६२ मूल्यको सामान बरामद गरिएको छ।

उक्त मुल्यको बिउ बिजन, हसिया, ग्रिसम, मोबिल, हार्डवेयरका सामान, चिनी, डिउ नामक पेय पदार्थ, सुट लगायत कपडा, हार्डवेयर, कस्मेटिकका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले बवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जानकारी दिएको छ।

कमेन्ट लोड गर्नुस