सुदूर नेपाललाई विश्वसँग जोड्दै

चौधरी समुहले गर्यो वाईवाई चाउचाउको व्यवसायिक उत्पादन सुरू

। फोटो स्रोत ।
२०७६ असार ३, ०४:३८

सुनसरीमा चौधरी समूहले आजबाट वाईवाई चाउचाउको व्यवसायिक उत्पादन सुरू गरेका छन्। एउटा प्लान्ट जडान गरी उत्पादन सुरु गरेको चौधरी समूहका जनरल म्यानेजर मधुसुदन पौडेलले जानकारी दिए।

उनका अनुसार प्लान्टको दैनिक साढे पाँचलाख प्याकेट चाउचाउ उत्पादन गर्ने क्षमता रहेकोे छ। समूहको प्रदेशगत उद्योग ग्राम खोल्ने उद्देश्य अनुरूप प्रदेश १ लाई लक्षित गरी उत्पादन सुरू गरिएको उनले बताए। 
उनले भने, समूहको प्रदेशगत रुपमा भिन्न भिन्न उद्योग खोल्ने योजना छ। चौधरी समूहको देश र विदेशमा गरी २० वटा प्लान्ट रहेको र यसबाट वार्षिक रूपमा करिब ३ अर्ब प्याकेट चाउचाउ उत्पादन हुँदै आएको समूहले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस