सुदूर नेपाललाई विश्वसँग जोड्दै

गैर आवासिय संघद्धारा धनगढीका हावाहुरी पिडितलाई राहात स्वरुप पाँच लाख हस्तान्तरण

२०७६ असार ३, ०४:१९ खबर संवाददाता

गैर आवासिय नेपाली संघ लगायतका विभन्नि संघसंस्थाले धनगढीका हावाहुरी पिडितलाई राहात स्वरुप ६ लाख नौ हजार सहयोग गरेका छन्। गैर आवासिय नेपाली संघले पाँच लाख, सिएक्स.ईन्डष्ट्रीयल सर्भिसेज प्रा.लिले ५० हजार, सि.सि इक्यूपमेन्ट प्रालिले ५० हजार, अनुप पुडासैनीले नौ हजार समेत गरेर हावाहुरी पिडितलाई छ लाख नौ हजार सहयोग प्रदान गरिएको हो।

यी संस्थाले राष्ट्रिय बाणिज्य बैंकमा रहेको धनगढी उपमहानगरपालिकाको विपद व्यवस्थापन समितिको खातामा सहयोग रकम जम्मा गरेका हुन्। गैर आवासिय नेपाली संघ (एन.आर.एन.)का  कोषाध्यक्ष हिक्मत थापाले  विपदमा परेकाहरुलाई राहात स्वरुवप उक्त रकम पठाईएको बताए। हाल नाईजेरियाको व्यापारिक समूह डोगांटे गु्रपमा कार्यरत रहेका थापा कैलालीका बासिन्दा हुन्।

 

 

कमेन्ट लोड गर्नुस