सुदूर नेपाललाई विश्वसँग जोड्दै

१४ वटा जिल्लालाई सरकारले संकटग्रस्त घोषणा गर्‍यो

२०८१ असोज १८, ०६:५६ खबर संवाददाता

काठमाडौंः विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले पछिल्लो साता परेको पानी र त्यसले पुर्‍याएको क्षतिबारे समीक्षा गर्दै संकटग्रस्तका रुपमा १४ वटा जिल्ला घोषणा गरेको छ।

शुक्रवार सिंहदरबारस्थित जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालयमा गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको बैठकले काठमाडौं उपत्यकासहितका केही जिल्लालाई संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो।

जसमा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौं, ललितपुर, सङ्खुवासभा, भक्तपुर, सोलुखुम्बु, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर सिन्धुपाल्चोक र धादिङ जिल्ला बढि प्रभावित भएको देखियो। यी जिल्लाहरूमा संकटग्रस्त जिल्ला घोषणा गरिने छ।
 

कमेन्ट लोड गर्नुस