सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ’ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक

२०८१ असोज १७, ०५:४६ खबर संवाददाता

काठमाडौँः फूलपातिदेखि प्रदर्शनमा आउने जितु नेपाल र नीति शाह अभिनीत फिल्म ’ज्वाइँ साब’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले फिल्म रिलिजको एक साताअघि ल्याएको ट्रेलर रमाइलो र हास्यप्रधान छ।

फिल्मका अधिकांश कलाकारलाई समेटिएको ट्रेलरले कथावस्तुबारे विशेष खुलासा गर्छ। बसन्त निरौला निर्देशित यो फिल्ममा जितु र नीतिका साथमा हिमेश पन्त, बुद्धि तामाङ, प्रकाश घिमिरे, रमेश बुढाथोकी, शिशिर वाङ्देल, दीपक आचार्य ‘काकु’, निमा पाण्डे, कविता आले, शिबु पाण्डे लगायत कलाकारहरूको पनि अभिनय छ।

राजकुमार पण्डित प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता समिर पण्डित, सौगात पण्डित र पदमलाल तामाङ हुन्। रेड आई फिल्मस्को प्रस्तुति रहेको ज्वाइँ साबको कार्यकारी निर्मातामा विजय बस्याल छन्। असोज २४ गते बिहीवारदेखि फिल्म प्रदर्शनमा आउनेछ।
 

कमेन्ट लोड गर्नुस