सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीका सांसदले १५ दिनको तलब राहत कोषमा दिने 

२०८१ असोज १६, ०४:२७ खबर संवाददाता

काठमाडौँः नेकपा एकीकृत समाजवादी पार्टीका सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन्।

एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणी चौधरीले सांसदहरूको १५ दिनको पारिश्रमिक बाढी पहिरो प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दिइने बताए। असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट उक्त सहयोग गर्ने निर्णय गरिएको सचेतक चौधरीले बताए।

यसअघि नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले पनि १५ दिनको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने निर्णय गरेका थिए। त्यस्तै माओवादीका संघीय तथा प्रदेश सांसदले पनि १० दिनको तलब राहत कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन्।

कमेन्ट लोड गर्नुस