सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा एक महिनामै तीन मोटरसाइकल चोरी

२०८१ असोज १६, ०३:५१ खबर संवाददाता

धनगढी : कैलालीको धनगढीमा एक महिनाको अवधिमा तीन वटा मोटरसाइकल चोरी भएका छन्। धनगढी उपमहानगरपालिकाका तीन वटा वडा क्षेत्रबाट तीन वटा मोटरसाइकल एक महिनाको अवधिमा चोरी भएका हुन।

दिनेश एफएमको कार्यालयबाट भदौ १३ गते साँझ सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल चोरी भएको थियो। भदौ १४ गते प्रहरीमा मोटरसाइकल चोरी भएको र खोजीका लागि निवेदन दर्ता गरिएको छ। भदौ २२ गते राति फूलबारीबाट अर्काे मोटरसाइकल चोरी भएको थियो। फूलबारी घरमा पार्किङमा राखिएको एमाहा कम्पनीको लु ६२ प ८८२१ नम्बरको मोटरसाइकल रातिको समयमा चोरी भएको हो।

धनगढी उपमहानगरपालिका–६ मटियारीबाट आइतवार राति तेस्रो मोटरसाइकल चोरी भएको छ। घरको बरण्डामा राखेको रन्जित रानाको से ७ प ७६३३ नम्बरको रातो कलरको एनएस २ सय सिसि पल्सर मोटरसाइकल चोरी भएको हो। रानाले पनि कैलाली प्रहरीमा खोजीका लागि निवेदन दिएको बताए। राति १२ देखि ३ बजेको बिचमा मोटरसाइकल चोरी भएको हुन सक्ने उनले बताएका छन्। तर, कैलाली प्रहरीले मोटरसाइकल फेला पर्नेमा विश्वस्त नहुने भनेको रानाले बताए। उनले भने, ‘कैलाली प्रहरीमा निवेदन दिएको छु। उहाँहरूले खोज्छौ भन्नु भयो। तर, नभेटिन पनि सक्छ। भगवान भरोसा हो भन्नु भयो।’

कैलाली प्रहरीका अनुसार कैलालीका ग्रामीण क्षेत्र र कञ्चनपुरको पुनर्वाससहितको दक्षिणी क्षेत्रमा चोरीका मोटरसाइकल चलाउने गरिएको छ। धनगढीसहितका क्षेत्रमा साङ्गठनिक रूपमा चोरीका घटना हुने गरेका छन्। कैलाली जिल्ला कारागारबाट मात्र श्रावण महिना यता १६ जना चोरी मुद्‍दाका दोषीहरु रिहा भएका छन्। अदालतबाट दोसी ठहर भएर बाहिर आएका चोरहरूमा धनगढी–३ का धेरै छन्। उनीहरू विभिन्न मुद्‍दामा दोसी ठहर भएका हुन।

धनगढीबाट मोटरसाइकल चोरी

धनगढी–६ मटियारीबाट मोटरसाइकल चोरी

कमेन्ट लोड गर्नुस