सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीबाट मोटरसाइकल चोरी

२०८१ भदौ १४, १०:४२ खबर संवाददाता

धनगढी: कैलालीको धनगढीबाट मोटरसाइकल चोरी भएको छ। धनगढी उपमहानगरपालिका–४ चटकपुरमा रहेको दिनेश एफएमको अगाडीबाट मोटरसाइकल चोरी भएको हो। 

सुदूरपश्चिम प्रदेश ०१–०१० प ५६२० नम्बरको बजाज कम्पनीको २२० सिसिको मोटरसाइकल बिहिवार साँझ चोरी भएको छ। पार्किङ्मा राखिएको मोटरसाइकको लक तोडेर चोरी भएको हो। प्रहरीले बिहिवार साँझबाट चोरी भएको मोटरसाइकको खोजी थालेको बताएको छ। मोटरसाइकल चोरी गरेको आसङ्कामा २ जनालाई बिहिवार राति प्रहरीले सोधपुछ गरेको छ।

कमेन्ट लोड गर्नुस