सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको धनगढीमा पहिचान गरियो ५२ वटा खुला स्थान

२०८१ असोज १५, ०६:३७ नारायण अवस्थी

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रमा खुला स्थानको पहिचान गरेको छ।

उपमहानगरले १९ वडासम्म ५२ वटा खुला स्थान पहिचान भएको जनाएको छ। उपमहानगरपालिकाले सामुदायिक विद्यालयका अतिरिक्त खेलमैदान र अन्य ठाउँमा रहेका सार्वजनिक स्थानहरूलाई खुला स्थानको रुपमा सूचीकृत गरेको छ। वडा नम्बर १ मा ४ ठाउँमा खुला स्थान रहेको पहिचान गरिएको छ। कभर्डहल, खुलामञ्च, पुरानो हवाई मैदान र त्रिनगर माध्यमिक विद्यालयको मैदानलाई खुला क्षेत्रको रुपमा पहिचान गरिएको छ।

वडा नम्बर २ मा शारदा माध्यमिक विद्यालयको मोहना नदी किनारको चौर, सरस्वतीनगर हुँदै आर्यघाट जाने बाटोको खुल्ला चौर र नवदुर्गा स्कुलको चौरलाई खुला क्षेत्रको रुपमा पहिचान गरिएको हो। वडा नम्बर ३ मा मोहनापुल नजिकको खुला चौर, गौशालाभ्न्न्दा उत्तरतर्फको चौर र फाफ्ला खेल मैदान तथा वडा नम्बर ४ मा नयाँ वडा कार्यालयको पश्चिम तर्फको खुला चौरलाई खुला स्थानमा समावेश गरिएको छ।

वडा नम्बर ५ मा थारु संग्रहालयको देउथान उत्तरको चौर र पञ्चोदय माविको मैदान तथा वडा नम्बर ६ मा वासुदेवी माविको प्राङ्गण, भैरवबाबा स्कुलको चौर र बिजुलीया टोलको चौरलाई खुला क्षेत्रमा समावेश गरिएको छ। वडा नम्बर ७ मा मनेहरा खेलमैदान र पटेला खेलमैदान वडा नम्बर ८ को धनगढी नमुना प्राविधिक विद्यालयको मैदान, वडा नम्बर ९ मा भवानी माविको मैदान र बंग्रा कटान विपोपी नजिकको मैदान खुला क्षेत्रको रुपमा पहिचान गरिएका छन्।

धनगढी–११ मा ठेकराज माविको मैदान, दक्षिणकाली बहिरा आविको मैदान र बेला आधारभूत विद्यालयको मैदानलाई उपमहानगरले खुला क्षेत्रको रुपमा पहिचान गरेको छ। यसैगरी, वडा नम्बर १२ मा ६ वटा खुला स्थान रहेका छन्। मनकामना युवा क्लबको खेलमैदान जुगेडा एगाउँ, नमुना युवा क्लबको खेलमैदान जुगेडा बीगाउँ, वडा कार्यालयसँगै जोडिएको खेलमैदान सीगाउँ, हनुमाननगर युवा क्लबको खेलमैदान, सिद्धनाथ माविको प्राङ्गण र मुक्तिनाथ आधारभूत विद्यालयको प्राङ्गणलाई खुला क्षेत्रमा समावेश गरिएको छ।

वडा नम्बर १३ मा नवज्योति आधारभूत विद्यालयको प्राङ्गण र दुर्गा मन्दिरको प्राङ्गण तथा वडा नम्बर १४ को चार स्थानमा खुला स्थान रहेका छन्। १४ नम्बर वडा फूलबारीमा सागर युवा क्लबको खेलमैदान सीगाउँ, साइपाल युवा क्लबको खेलमैदान बीगाउँ, शिवशक्ति युवा क्लबको खेलमैदान सीगाउँ र सिद्धार्थ युवा क्लबको खेलमैदान एचगाउँलाई खुला स्थानको रुपमा पहिचान गरिएको हो। धनगढी–१५ को सुर्मी कटान पश्चिमको खेलमैदान र वडा नम्बर १६ मा बेहडाबाबा खेलमैदान र दिपेन्द्र चारपाते विद्यालयको खेलमैदान तथा वडा नम्बर १७ को पथरी खेलमैदानलाई खुला स्थानको रुपमा पहिचान गरिएको छ।

धनगढी–१८ मा सबैभन्दा बढी ८ वटा खुला स्थान पहिचान गरिएको छ। एनएच स्टेडियम, स्टेडियम नजिकै रहेको खाली स्थान, चन्द्रोदय माविको जग्गा, हिमचुली तुलसीबारी खुला स्थान, फूलबारी बहुमुखी क्याम्पस प्राङ्गण, भुपु सैनिक आधारभूत विद्यालयको प्राङ्गण र ए गाउँ ग्रीनपेजको जग्गालाई खुला स्थानमा राखिएको छ। यस्तै, वडा नम्बर १९ मा जे गाउँको खेलमैदान, आई गाउँको खेलमैदान र टाउन प्लानको खुला ठाउँ धनगढीका खुला स्थान हुन्।

नारायण अवस्थी दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस