सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेप्से २२ अंकले घट्यो

२०८१ असोज १३, ०४:२६ खबर संवाददाता

काठमाडौँः यो सातामा कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ भने कारोबार रकम पनि घटेको छ।

आज परिसूचक २२ दशमलव ३६ अङ्कले घटेर दुई हजार चार सय ६४ दशमलव ४० को विन्दुमा कायम भएको छ। आज तीन सय २७ कम्पनीको एक करोड तीन लाख ११ हजार आठ सय ८५ कित्ता सेयर ५८ हजार चार सय एक पटक खरिदबिक्री हुँदा कारोबार रकम चार अर्ब पाँच करोड छ लाख ५८ हजार रुपैयाँमा खुम्चिएको छ।

नेप्सेमा आज भएको कारोबार रकम पछिल्लो तीन महिनायताकै न्यून हो। आज उत्पादन तथा प्रशोधन समूहको उपसूचक एक दशमलव ०३ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। सबैभन्दा बढी व्यापार समूह दुई दशमलव ९७ र जलविद्युत् समूह दुई दशमलव ३६ प्रतिशले घटेको छ।

आजको कारोबारमा ४६ कम्पनीको सेयर मूल्य बढ्दा एक सय ९३ कम्पनीको शेयर मूल्य घटेको नेप्सेले जनाएको छ। विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी छ दशमलव ६६ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा अपर साङ्गी हाइड्रोपावर लिमिटेडको सेयर मूल्य नौ दशमलव ९९ प्रतिशत रहेको छ। 
 

कमेन्ट लोड गर्नुस