सुदूर नेपाललाई विश्वसँग जोड्दै

जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित हुँदै टेकराज

। फोटो स्रोत ।
२०७६ असार २, ०५:१२

डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखराका टेकराज भण्डारीलाई व्यवसायीक तरकारी खेतीले जिल्लाकै उत्कृष्ट किसानका रुपमा परिचित बनाएको छ। विगत देखि नै अन्नबाली लगाउने गरेका भण्डारी ५ वर्षअघि बाह्रैमास तरकारी खेती गर्दै आएका छन्। उनको ५ रोपनी भिरालो पाखो जमिन छ। त्यसमै उनले तरकारी खेती गरेका छन्।

पहिले खानका लागि मात्रै बारीमा अलिअलि तरकारी लगाउने गर्थे तर जब अलि बचेको केही तरकारी बिक्रि गर्थे तब उनलाई थप तरकारी खेती गर्न हौसिए।तरकारीमा धान गहुँको भन्दा दोब्बर कमाइ हुने भएपछि अन्न खेती छाडेर तरकारी खेती गर्न थाले। उनी भन्छन तरकारीमा पनि बन्दा गोभीले निकै राम्रो फाइदा दिने गरेको छ। अर्गानिक खेती गर्नाले स्थानीय बजारमो खेतीको निक्र्क माग रहेको बताए।

जिल्ला कृषि विकास कार्यालयको सहयोगमा गहुँत, गुर्जा, बासिङे, सिस्नो र तिलोत्तमालाई मिसाएर बनाइएको कम्पोष्ट मल प्रयोग गर्ने गरेका र त्यसैका कारण आफ्नो बारीको तरकारीले राम्रो बजार पाउने गरेको उनले बताए। उनी भन्छन् “तरकारीबाट हुने आम्दानीका कारण जीवनमा निकै परिवर्तन आयो।” राम्रो खानपान गर्न पाएको, छोराछोरीलाई राम्रोसंग पढाउन पाएको बताउँछन्। उनी भन्छन, मैले खानपिन लगायतका खर्च टारेर वार्षिक रुपमा २–३ लाख रुपैयाँ वचत गर्न पाएको र केही जग्गा पनि जोडेको छुँ।

जिल्ला कृषि विकास कार्यालयले विभिन्न तालिम, प्राविधिक सहयोग, मल, वीउमा अनुदान तथा केही स–साना उपकरण सहयोग गर्न थालेपछि क्रमशः पोखरा गाउँ नै तरकारी क्षेत्र बन्दै गएको उनी बताउंछन। उनले भने, “जिल्ला कृषि विकास कार्यालयले हाम्रो गाउँलाई नै तरकारी पकेट क्षेत्र घोषणा ग¥यो, “अहिले ५ हेक्टर रोपनी भन्दा बढी क्षेत्र रहेको पोखरा सबै तरकारी पकेट हो। वर्षायाममा आफूहरु कहाँ फलेको तरकारी लिन धनगढीबाट गाडीका गाडी आउने गरेको भण्डारी बताउँछन्। आफूले लगाएको बन्दागोभी प्रतिकिलो १५ रुपैयाँदेखि ३०–४० रुपैयाँसम्म विक्री गरेको भण्डारीको उनले बताए। 

भण्डारी र उनका गाउँले मिलेर कृषि समूह गठन गरी कृषि विकास कार्यालयमा दर्ता गरेको बताए। यस्तै समूहलाई कृषि सहकारीका रुपमा अघि बढाएका छन्। गाउँले सबैको आर्थिक अवस्था सुध्रिएको र सामाजिक हैसियत पनि बढाएको उनीहरु बताउँछन्। 

कमेन्ट लोड गर्नुस