सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ जीप दुर्घटना : मृतकको संख्या ८ पुग्यो

२०७६ असार २, ०४:४७ खबर संवाददाता

बझाङमा जीप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ। जिल्ला सदरमुकाम चैनपुर नजिकैको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको स १ ज १०७२ नम्बरको जीप  डौठी भन्ने ठाँउमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको प्रहरीले जनाएको छ। तर उनीहरुको सनाखत भने हुन सकेको छैन्।

जीप कठिन ठाँउमा खसेकोले उद्दारमा कठिनाई भइरहेको  वडा प्रहरी कार्यालयका  प्रहरी नायब नीरिक्षक महानन्द जोशीले जानकारी दिए। जीप दुर्घटनाको कारण खुल्न सकेको छैन्। दुर्घटनाग्रस्त जीप भिरमा अड्किएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी सुरेश सुनार, प्रहरी नायब उपरीक्षक सूर्य बहादुर केसी सहितको घटना स्थलतर्फ गएको छ।

कमेन्ट लोड गर्नुस