सुदूर नेपाललाई विश्वसँग जोड्दै

महाकाली नदीमा बगेर एक युवक बेपत्ता

२०८१ असोज ११, ०३:२६ खबर संवाददाता

बैतडीः महाकाली नदीमा बगेर एक युवक बेपत्ता भएका छन्। बैतडीको पुर्चौडी नगरपालिका–५ कुवाकोटका ३३ वर्षीय अमरसिंह धामी आज बिहान ११ बजे महाकाली नदीमा बगेर बेपत्ता भएका हुन्।

पिथौरागढबाट घर फर्किने क्रममा झुलाघाटवारी सडक छेउबाट लतारिएर उनी नदीमा खसेका थिए। नदीमा खसेर बेपत्ता धामीको खोजतलासका प्रहरीको टोली खटाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले बताए। अहिले उनको खोजीकार्य भइरहेको छ।

कमेन्ट लोड गर्नुस