सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ

२०८१ असोज १०, ०२:४७ खबर संवाददाता

बाजुराः बाजुरामा भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन्। बुधबार इलाका प्रहरी कार्यालय स्वामिकार्तिकबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित २ जनालाई नियन्त्रणमा लिएको हो।

स्वामीकार्तिक खापर गाँउपालिका–३ रिवडाका ४० वर्षीय धिरेन्द्र शाहीको घर नजिक, घर तथा संकास्पद स्थान खानतलासी गर्दा घर नजिकै रहेको ओडारमा लुकाई राखेको अवस्थामा एक थान भरुवा बन्दुक र ३० वर्षीय रमेश शाहीको छानो (गोठ) भित्र लुकाई राखेको अवस्थामा थप एक थान भरुवा बन्दुक बरामद गरेर दुबै जनालाई हातहतियारसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस