सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

२०८१ असोज ९, ०७:२८ खबर संवाददाता

काठमाडौँः जिल्ला अदालत काठमाण्डुले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न साइबर ब्युरोलाई अनुमति दिएको छ।

विद्युतीय कारोबार ऐन २०६३ अनुसार अनुसन्धान गर्न पहिलोपटक ३ दिन हिरासतमा राख्न अनुमति दिएकोमा अदालतले दोस्रोपटक ५ दिनको अनुमति दिएको छ। यूट्युब च्यानल ‘देश दुनियाँ खबर’ र अन्य च्यानलमा चरित्र हत्या गर्ने गरी बोलेको आरोपमा उनीविरुद्ध ब्युरोमा जाहेरी दर्ता भएको थियो।

देश दुनियाँ खबरमा उनको अन्तर्वार्ता प्रसारण गर्ने सञ्चालक जीवन पाण्डे र प्रस्तोता प्रकाशचन्द्र दाहाल फरार छन्। प्रसाईंविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी आबद्ध महिलाले ‘चरित्र हत्या गरेको’ आरोपमा जाहेरी दिएकी छन्।
 

कमेन्ट लोड गर्नुस