सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनसुन फेरि सक्रिय, काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह

२०८१ असोज ८, १२:२१ खबर संवाददाता

काठमाडौँ: मनसुन फेरि सक्रिय भएकाले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरिएको छ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले काटिसकेको धान बाली खेतमा नछोड्न आग्रह गरेका हुन्। अगौटे धान बाली भित्र्याउने समय भएकाले मेसिनको प्रयोग गरी छिटो भित्र्याइ हाल्न उनले सुझाएका छन्। काटेको धान खेतमा नछोड्ने, केही काँचोमै काटी सकेको धान चिउरा बनाउन सकिने रिमालले बताएका छन्।

यस्तै, तरकारीको बीउ छर्दा माटोको ड्याम बनाएर, प्लास्टिकले टनेल बनाएर छर्न आग्रह गरिएको छ। महाशाखाले  विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै वर्षाले विशेषतः कृषि क्षेत्रमा असर पर्ने देखिएकाले कृषि कर्म सुरु गर्नुभन्दा अगावै अद्यावधिक मौसम जानकारी तथा पूर्वानुमान नियमित हेर्न अनुरोध गरेको छ। 

कमेन्ट लोड गर्नुस