सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामको एक घरमा आगलागी 

२०८१ असोज ८, ०८:१८ खबर संवाददाता

अछामः अछामको एक घरमा आगलागी भएको छ।

चौरपाटी गाउँपालिका–३ गगुडाका प्रसादे साउदको घरमा सोमवार  आगलागी भएको हो। साउदको ७ वर्षीय छोरा केस साउदले घरमा कोही नभएको बेलामा लाईटरले खेल्ने क्रममा घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

आगलागी हुँदा घर तथा घरभित्र रहेका लत्ता कपडा, अन्नपात भाडाकुडा लगायतका सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ। क्षतिको विवरण आउन बाँकी रहेको र सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस