सुदूर नेपाललाई विश्वसँग जोड्दै

चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक

२०८१ असोज ६, ०४:५९ खबर संवाददाता

काठमाडौंः पोस्टप्रोडक्सनमा रहेको चलचित्र ‘मिसिङः केटी हराएको सूचना’को पहिलो गीत सार्वजनिक भएको छ।

‘हेर्दै जाउँ..’ बोलको गीत निर्माणपक्षले आइतवार आज म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक गरेको हो।

गीतमा रोहित जोन क्षेत्री र शितुसित बस्नेतको स्वर रहेको छ। शब्द तथा संगीत दीपेन्द्र गौचनको छ। गीतमा संजोगले अचानक भएको भेट, बेठेगान र बेहिसाब जिन्दगी कता जान्छ भन्ने निश्चित नरहेको एक युवक र युवतीको कथा भन्छ।

गीतका यिनै भाव बोल्ने भिडियोमा चलचित्रका मुख्य कलाकार सृष्टि श्रेष्ठ र नाजिर हुसेन फिचर्ड छन्। दुई साथीबीचको लामो समयपछिको भेटमा हुने खुसी भिडियोमा देखिन्छ। चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ आगामी कात्र्तिक ३० गतेबाट प्रदर्शनमा आउँदैछ।
 

कमेन्ट लोड गर्नुस