सुदूर नेपाललाई विश्वसँग जोड्दै

घर छोडेका छोरा खोज्न गएका धामी भिरमा मृत फेला

२०८१ असोज ५, ०४:३६ खबर संवाददाता

बैतडीः बैतडीमा एक पुरुष मृत फेला परेका छन्। जिल्लाको सिगास गाउँपालिका–५ खैरकोटका अन्दाजी ३८ वर्षीय रनी धामी मृत फेला परेका हुन्।

उनी शुक्रवार सिगास गाउँपालिका–३ को गजीण भिरमा मृत फेला परेको प्रहरीले जनाएको छ। स्थानीयहरुले घास काट्ने क्रममा धामीलाई मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए। धामी आफ्ना छोरालाई खोज्न गएका थिए।

उनका छोरा गत भाद्र ३० गते घरबाट भागेका थिए। सोहीदिन छोरालाई चिनेका आफन्तहरुले ठाँटा प्रहरी चौकीमा बुझाएको थाहा पाएपछि रनी दम्पती ३१ गते बिहान छोरालाई लिनभनि घरबाट हिँडेका  थिए। रनीकी श्रीमती र छोरा घर पुगे पनि धामी भने पुग्न सकेनन्।

तर ५ दिनपछि शुक्रवार स्थानीयहरुले उनलाई गजीण भिरमा मृत अवस्थमा फेला पारेका हुन। घटनाका बिषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुगांनाले बताएका छन।
 

कमेन्ट लोड गर्नुस