सुदूर नेपाललाई विश्वसँग जोड्दै

मनिराज वाङ्मय पुरस्कार २०७५ घोषणा

२०७६ असार १, ०७:०० खबर संवाददाता

मनिराज वाङ्मय पुरस्कार २०७५ घोषणा गरिएको छ। नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावरी कैलालीले आज पत्रकार सम्मेलनको आयोजना गरि मनिराज वाङ्मय पुरस्कार २०७५ घोषणा गरेको हो। महाकाव्यकार मनिराज जोशीका छोरा गोविन्दराज जोशीले स्थापना गरेको एक लाख राषीको मनिराज वाङ्मय पुरस्कार २०७५ नेपालको पुर्वी क्षेत्र विराटनगरमा रहि लामो समय देखि नेपाली भाष साहित्यको श्रीवृद्धिमा समर्पित भई नेपाली वाङ्मय क्षेत्रमा योगदान पु¥याएको भन्दै वरिष्ठ साहित्यकार दधिराम सुवेदीलाई प्रदान गरिने नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान कैलालीका अध्यक्ष पदमराज जोशीले बताए। पहिलो संस्करणमा मनिराज वाङ्मय पुरस्कार २०७४ राष्ट्रकवी माधव प्रसाद घिमिरेलाई प्रदान गरिएको थियो।   
 

कमेन्ट लोड गर्नुस