सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दशरथचन्दमा आज सार्वजनिक बिदा

२०८१ असोज १, १२:३३ खबर संवाददाता

बैतडी: बैतडीको दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा दिइएको छ। 

नगरपालिकाको नम्बर-२ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने जात्राका लागि स्थानीय सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा लाग्ने मेला आइतबारदेखि सुरु भइसकेको छ।

जात्राको मुख्य दिन आज मंगलबारका दिन सार्वजनिक बिदा दिइएको हो। जात्राका अवसरमा नगरपालिका मातहतका सबै सरकारी कार्यालय, गैरसरकारी निकाय, शिक्षण संस्था लगायतमा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस