सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोठालोको शाखा विस्तार, कोदोको मःम पाइने

२०८१ भदौ २९, ०७:१० खबर संवाददाता

धनगढी : धनगढीमा सञ्चालनमा रहेको गोठालोको शाखा विस्तार गरिएको छ। धनगढी उपमहानगरपालिका–५ हसनपुरमा रहेको गोठालोले कभर्डहल चोक (पुरानो एयरक्र्याफ्ट म्युजियम रहेको स्थान)मा नयाँ शाखा विस्तार गरिएको हो।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले शनिवार गोठालोको नयाँ शाखा उद्घाटन गरेका छन। केक र नास्ताको संगमका रूपमा सुरुवात गरिएको गोठालोको पहिलो शाखा विस्तार गरिएको हो।

गोठालोको उद्घाटन गर्दै अध्यक्ष कुँवरले गोठालोले देशमै केही गरौँ भन्ने अभियान एकदमै उत्कृष्ट रहेको बताएका छन्। उनले गोठालोले चलाएको यो अभियानलाई र गोठालोलाई आफ्नो पनि सधैँ सहयोग रहने बताएका छन् गोठालोमा कोदोको केक पनि पाइने छ। पोषणयुक्त बाली कोदो स्वास्थ्यका लागि फाइदाजनक रहेकाले यसको प्रवर्धन गर्न खोटिएको बताइएको छ।

नेपालमै पहिलो पटक कोदोको केक सुरु गरेको गोठालोले उद्घाटनको दिन कोदोको केक निःशुल्क, अन्य केकहरूमा र कोदोको मःममा ५० प्रतिशत छुटमा उपलब्ध गराएको छ।

यस्तै ३० र ३१ गते अन्य सम्पूर्ण केकमा र कोदोको केकमा ५० प्रतिशत छुट रहेको गोठालोले जनाएको छ।

असोज १ देखी १५ गतेसम्म गोठालोले कोदोको मःममा ३० प्रतिशत छुट दिने जनाएको छ।

 

कमेन्ट लोड गर्नुस