सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिरो खसेपछि जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध

२०८१ भदौ २९, ०२:३१ खबर संवाददाता

बझाङः पहिरो खसेपछि जयपृथ्वी राजमार्ग फेरि अवरुद्ध भएको छ।

बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ सुगालामा खसेको पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध भएको हो। शुक्रबार साँझ आंशिकरुपमा खुलेको राजमार्ग शनिबार फेरि अवरुद्ध भएको प्रहरीले जनाएको छ। ठाउँठाउँमा पहिरो खस्न थालेपछि राजमार्ग बुधबार देखि नै पटक–पटक अवरुद्ध हुँदै आएको छ।

बिहीबार जयपृथ्वी राजमार्गको जालेबगरमा खसेको पहिरोले दिनभर सडक अवरुद्ध भएको थियो। यस्तै, शुक्रबार बिहान जालेबगर, बालुवाटार, भ्यागुते खोला लगायत थुप्रै ठाउँमा पहिरोका कारण साँझ अबेरसम्म सवारी साधन र यात्रुहरु सडकमै अलपत्र परेका थिए।

कमेन्ट लोड गर्नुस