सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा घरको छानाबाट खसेको पत्थर लाग्दा एक युवती घाइते

२०८१ भदौ २८, ०९:५३ खबर संवाददाता

बैतडीः बैतडीमा घरको छानाबाट खसेको पत्थर लाग्दा एक युवती घाइते भएकी छन्।

जिल्लाको पाटन नगरपालिका–४ थुमकी २० वर्षीया सुनिता भट्ट आफ्नै घरको छानाबाट खसेको पत्थर लागेर घाइते भएकी हुन्।

शुक्रवार घरभित्रबाट बाहिर आउँदा पत्थर लागेर सुनिता घाइते भएको प्रहरीले जनाएको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।
 

कमेन्ट लोड गर्नुस