सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा तीन दिनदेखि विद्युत् सेवा अवरुद्ध

२०८१ भदौ २८, ०६:०० खबर संवाददाता

बैतडीः वर्षा र चट्याङका कारण गत बुधबारदेखि बैतडीको विद्युत् सेवा अवरुद्ध भएको छ।

जिल्लामा ३३ र ११ केभी प्रसारण लाइनको विभिन्न क्षेत्रमा समस्या आएपछि विद्युत् सेवा अवरुद्ध भएको हो। विद्युत् सेवा नहुँदा दैनिक कामकाजका साथै सरकारी कार्यालयको सेवा प्रवाहमा पनि समस्या भएको छ। विद्युत् नहुँदा समस्या भएको दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका गणेश विष्टले बताएका छन्।

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र प्रमुख जनार्दन पौडेलका अनुसार विद्युत् सेवा नियमित सञ्चालनका लागि लगातारको वर्षाले गर्दा समस्या भएको बताएका छन्। लाइनमा आएको समस्या केही हदसम्म समाधान भए पनि मुख्य फेडरबाट लाइन नचलेको उनले बताएका हुन्। लगातारको वर्षाले नियमित विद्युत् सेवा सञ्चालन गर्न समस्या भएको छ।

बुधबार बेलुकादेखि लगातार रूपमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले शनिबारसम्म वर्षा हुने जनाउँदै बैतडीसहित सुदूरपश्चिमका ६ जिल्ला रेड जोडमा राखेको छ। लगातार वर्षा भइरहेकाले सतर्कता अपनाउन बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले आग्रह गरेका छन्। मौसम पूर्वानुमान महाशाखाले बैतडीलाई रेड जोडमा राखेको छ। –रासस
 

कमेन्ट लोड गर्नुस