सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा खोलाले बगाएर एक बालिका बेपत्ता

२०८१ भदौ २८, ०१:२० खबर संवाददाता

डोटीः डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्।

जिल्लाको केआईसिंह गाउँपालिका–४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

शुक्रवार बिहान ७ः ४५ बजे बालिकालाई खोलाले बगाएर बेपत्ता पारेको प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले बताए। बालिकाको खोजी कार्यका लागि प्रहरी नायब निरीक्षक कुलवीर बोहराको नेतृत्वमा टोली खटाइएको छ।

कमेन्ट लोड गर्नुस