सुदूर नेपाललाई विश्वसँग जोड्दै

नाइजेरियामा तेलको ट्यांकर ट्रकसँग ठोक्किएर भएको विस्फोटमा ५० जनाको मृत्यु

२०८१ भदौ २४, ०५:३४ खबर संवाददाता

एजेन्सीः नाइजेरियामा तेलले भरिएको ट्यांकर मानिसले भरिएको ट्रकसँग ठोक्किँदा ५० जनाको मृत्यु भएको छ।

स्थानीय समयअनुसार आइतबार दिउँसो १२ः३० बजे दुर्घटना भएको स्थानीय आपत्कालीन व्यवस्थापन निकायले जनाएको छ। बीबीसीका अनुसार तेलले भरिएको ट्यांकर ट्रकसँग ठोक्किएपछि विस्फोट भएको हो। यसको भिडिओ पनि सार्वजनिक भएको छ।

दुवै गाडीमा आगो लागेको देखिन्छ। आपत्कालीन निकायका प्रवक्ता हुसेन इब्राहिमले यो विगत केही वर्षयताकै सबैभन्दा भयावह दुर्घटना भएको बताए। नाइजेरियामा खराब सडकका कारण यस्ता दुर्घटना हरेक दिनजसो हुन्छ।
 

कमेन्ट लोड गर्नुस