सुदूर नेपाललाई विश्वसँग जोड्दै

भाषा आयोगद्वारा गुगुल्डि सम्मानित 

२०८१ भदौ २४, ११:४५ खबर संवाददाता

बिगत २७ वर्ष वि सं ( २०५४ )देखि निरन्तर प्रकाशित हुदै आएको गुगुल्डि साहित्यिक मासिक पत्रिका भाषा आयोगको वार्षिकोत्सवका अवसरमा सम्मानित भएको छ। 

लामो समयदेखि डोट्याली भाषाको साहित्यिक मासिक पत्रिकाको रूपमा ३२३अंक प्रकाशित पत्रिकाले मातृभाषा संरक्षण तथा बिकासमा पुर्याएको योगदानको कदर गर्दै भाषा आयोगले प्रदान गरेको सम्मान–पत्र गुगुल्डिका आजिवन सदस्य एवम् गोर्खापत्र दैनिक डोट्याली पृष्ठ सम्पादक दीप सागर पन्तले ग्रहण गरेका छन्। 

प्रेस काउन्सिलद्वारा क्षेत्रीय ख बर्गमा बर्गिकृत यस पत्रिकासंग लेखनका माध्यमले हालसम्म ५०० बढी रचनाकारहरू जोडिएका छन भने पत्रिकाको निरन्तरतालाई कायम राख्न तथा साहित्यिक सास्कृतिक रूपमा सञ्चालन गर्न गुगुल्डि वाङमय प्रतिष्ठान संस्था (२०७५)गठन गरिएको छ। 

कमेन्ट लोड गर्नुस