सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल बारले फिर्ता लियो आन्दोलनका कार्यक्रम

२०८१ भदौ १७, ०८:०७ खबर संवाददाता

काठमाडौँः कानुन व्यवसायीहरूको छाता सङ्गठन नेपाल बार एसोसिएसनले  आन्दोलनका कार्यक्रम फिर्ता लिएको छ।

सोमवार एक विज्ञप्ति जारी गर्दै एसोसियसनले आन्दोलनका कार्यक्रम फिर्ता लिइएको जानकारी दिएको हो। आइतवार न्याय परिषद् घेरेको बारले सोमबार सर्वोच्च अदालत परिसरमा धर्ना दिने कार्यक्रम राखेको थियो।

बारले  यसअघि प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठसहित न्याय परिषदमा ज्ञापनपत्र बुझाउने गर्दै आएका थिए। आफूहरूले संविधान नै संशोधन गरेको नियमावली सच्चाउन भनी यसअघि गरेको अनुरोध अस्वीकार गरेकाले आन्दोलनमा जानुपरेको बारको भनाई थियो।

एसोसियसनले न्याय परिषद् नियमावली २०७४ को (पहिलो संशोधन, २०८०) प्रति आफ्नो असहमति जनाउँदै सोलाई अविलम्ब खारेज गर्न सम्बन्धित निकायलाई पटक–पटक ध्यानकर्षण गर्दै आएको थियो।

कमेन्ट लोड गर्नुस